सियारी
रुपन्देहीको सियारी गाउंपालीकामा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । गाउंपालीकाले सोमवार सुचना जारी गर्दै अर्को सुचना नआउन्जेल सम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो । गाउंपालीकाका अध्यक्ष, अन्य जनप्रतिनिधी, प्रशासकीय अधिकृत र कर्मचारी गरी २३ जना बढीमा कोरोना पुष्टी भएपछि गाउंपालीका कार्यालय बन्द गरिएको पालीकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले बताए । विद्यालयको पठनपाठन सुचारु भएका थिए, त्यो पनि रोकेका छौं, उनले भने, यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं । पालीकाले भिडभाड हुने स्थान जस्तै हाटबजार, भोजभतेर समेत गर्न रोक लगाएको उनले बताए ।
प्रकाशित मिति : सोमबार, असोज २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्