काठमाडौं – न्याय परिषदले उच्च अदालतमा कार्यरत न्यायाधीशहरुको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले ८४ जना न्यायाधीशहरु सरुवा गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार उच्च अदालत सुर्खेतका न्यायाधीश विनोद शर्मा, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका भीमकुमार ओझा, उच्च अदालत विराटनगरका महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगर इलाम इजलासका अच्युत विष्ट उच्च अदालत पाटनमा सरुवा भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश तेज बहादुर कार्की उच्च अदालत दिपायल महेन्द्रनगर सरुवा भएका छन् । उच्च अदालत दिपायलका विष्णुदेव पौडेल उच्च अदालत पाटन, हेटौंडा पुगेका छन् ।
को कहाँ सरुवा भए ?



प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्