JanataToday.com

Advertisment

SKIP THIS

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ ।
सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले दशैं भत्ता फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । पार्टी सभापति देउवाले दिएको निर्देशनबमोजिम काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी आजै सबै सांसदहरुलाई दशैं भत्ता फिर्ताका लागि आजै पत्राचार गरिने समेत प्रमुख सचेतक खाँणले बताउनु भयो ।
प्रमुख सचेतक खाँणले कोरोना महामारीको यस्तो सँकटका अवस्थामा कोरोना सँक्रमितलाई अस्पताल नआउन भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको टिप्पणि गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गनुभयो । उहांले कोरोना सँक्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहिलो दायित्व र कर्तव्य सरकारको भएकाले सरकार आफ्नो दायित्व र कर्तब्यबाट पन्छिन नमिल्ने पनि बताउनु भयो ।
सचेतक खाँणले दर्शै भत्ता वापतको रकम फिर्ता सम्वन्धमा संघीय संसद सचिवालयका महासचिवलाई पत्राचार गर्दै सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र नेपाली काँग्रेस केन्द्रिय कार्यालयलाई बोधार्थ पठाउनु भएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij