नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

नेपाली काँग्रेसका संघीय सांसदले दशैँभत्ता फिर्ता गर्ने

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न आज विहान निर्देशन दिनुभएको छ ।
सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ संक्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर नेपाली काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले दशैं भत्ता फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । पार्टी सभापति देउवाले दिएको निर्देशनबमोजिम काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी आजै सबै सांसदहरुलाई दशैं भत्ता फिर्ताका लागि आजै पत्राचार गरिने समेत प्रमुख सचेतक खाँणले बताउनु भयो ।
प्रमुख सचेतक खाँणले कोरोना महामारीको यस्तो सँकटका अवस्थामा कोरोना सँक्रमितलाई अस्पताल नआउन भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको टिप्पणि गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गनुभयो । उहांले कोरोना सँक्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहिलो दायित्व र कर्तव्य सरकारको भएकाले सरकार आफ्नो दायित्व र कर्तब्यबाट पन्छिन नमिल्ने पनि बताउनु भयो ।
सचेतक खाँणले दर्शै भत्ता वापतको रकम फिर्ता सम्वन्धमा संघीय संसद सचिवालयका महासचिवलाई पत्राचार गर्दै सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र नेपाली काँग्रेस केन्द्रिय कार्यालयलाई बोधार्थ पठाउनु भएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij