लुम्बिनी प्रदेशका सबै जिल्ला अस्तालमा कोरोना भाइरस संक्रमितको उपचार गरिने

लुम्बिनी प्रदेशका सबै जिल्ला अस्तालमा कोरोना भाइरस संक्रमितको उपचार गरिने

बुटवल। लुम्बिनी प्रदेशका सबै जिल्ला अस्तालमा कोरोना भाइरस संक्रमितको उपचार गरिने भएको छ ।

शुक्रबार बसेकाे प्रदेश
कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्य सेवा प्रभावित नहुने गरी प्रदेशका सबै जिल्ला अस्पतालमा ५ बेडबाट कोरोना उपचार सुरु गर्ने निर्णय गरेको हो ।

उक्त सेवा सञ्चालन गर्न केन्द सरकारबाट प्राप्त सहयोगलाई परिचालन गर्ने र नपुग रकम प्रदेश सरकारसाग माग गरिने केन्द्रले जनाएको छ ।
यस्तै जटिल खालका बिरामीका लागि तत्काल बुटवलको कोरोना अस्पतालमा ‘हाइडिपेन्डेन्सी युनिट’ थप्ने बैठकको निर्णय छ ।
यस्तै केन्द्रले लक्षण देखिएका शंकास्पद बिरामीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । लक्षण भएका बिरामीलाई अनिवार्य परीक्षणको दायरामा ल्याउन यस्तो व्यवस्था गरिएको हो ।

बैठकले आफ्नै खर्चमा परीक्षण गर्न चाहने व्यक्तिलाई सहज रूपमा सशुल्क परीक्षणको व्यवस्था गर्ने र परीक्षणको नतिजा प्रयोगशालाहरूले अनिवार्य रूपमा जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन मिलाउने निर्णय गरेको छ ।

लक्षणसहितका बिरामीको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गरिने भए पनि उक्त खर्च संक्रमितले पाउने बिमाबाट कटाइने र बिमा रकमभन्दा बढी खर्च भए त्यो सरकारले नै बेहोर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

यस्तै सम्भावित उच्च संक्रमणबाट जोगिन अस्पतालमा कार्यरत डाक्टरलगायत स्वास्थ्यकर्मीको निश्चित समयावधिभित्र लक्षण नभए पनि कोभिड जााचको व्यवस्थासहितको आवश्यक योजना सामाजिक विकास मन्त्रालयले तयार गरी लागू गर्ने केन्द्रले निर्णय गरेको छ ।

होम आइसोलेसनमा बस्ने संक्रमितलाई नियमित निगरानीमा राख्ने गरी स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोली बनाउन स्थानीय तहलाई बैठकले निर्देशन दिएको छ । होम आइसोलेसनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धारलगायतको व्यवस्था र आवश्यक तथ्यांक नियमित संकलन गर्न आवश्यक संयोजन र समन्वयको व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई मिलाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij