देहरादुनमा नेपाली विद्यार्थी कुटिएकाे घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : कांग्रेस

देहरादुनमा नेपाली विद्यार्थी कुटिएकाे घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले भारतकाे देहरादुनमा नेपाली विद्यार्थी कुटिएकाे घटनालाई गम्भीरतापूर्वक लिएकाे जनाएकाे छ ।‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुवै देशका विद्यार्थी एकआपसको देशका विभिन्न सहरमा अध्ययनरत छन् । जो–जहाँ पढिरहेका छन्, सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन, त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरुको हो । कुनै पनि बहानामा संसारमा कहीँ पनि कोही एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोही पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेसले नेपाल सरकारसँग माग गरेकाे छ ।

कांग्रेसले नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आउँदा दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि पनि सरकारसँग माग गरेकाे छ ।

गएकाे कात्तिक १० गते विजयादशमीकाे दिन गते देहरादुनको डिकिलिङमा रहेकाे शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गरेकाे खबर सार्वजनिक भएकाे थियाे ।

५१ जना विद्यार्थीले दशैँ–तिहारकाे बिदामा घर जान पाऊँ भन्दै निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि निर्घात कुटपिट गरेकाे बताइएकाे छ ।

यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले घटनाबारे ध्यानाकर्षण भइसकेकाे र सत्य तथ्य बुझ्ने काम भइसकेकाे बताउनुभएकाे थियाे ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij