काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ५३ लाख नाघेको छ भने ११ लाख ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ५३ लाख १३ जार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ८५ हजार ७३४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड २९ लाख ८५ हजार ६४८ जना कोरोना मुक्त भएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३४ हजार १७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९२ लाख १२ हजार ७६७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५१ हजार ५३० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ४७ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५६८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४९ हजार २८१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५४ लाख ९६ हजार ४०२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ३३ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्