पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

काठमाडौं, कात्तिक १६ : सत्तारुढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै नेतृत्वबीच असमझदारी बढ्दै गएको र यसले पार्टी एकतालाई गम्भीर संकटको मोड ल्याएको बताएका छन्। महासचिव पौडेलले लेखेका छन्, ‘यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’

उनले नेकपा एकीकरणको काम अहिलेसम्म पूरा नहुँदा यसको अस्तित्वमै प्रश्न उठेको जनाएका छन्। ‘राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो।
पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो,’ महासचिव पौडेलले लेखेका छन्, ‘तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ।’

उनले नेतृत्व तहको अन्तरविरोधले पार्टी एकता कमजोर हुन दिन नहुने बताएका छन्। ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन,’ महासचिव पौडेलले भनेका छन्, ‘तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।’

उनले यसलाई ट्वीटरमा पनि दाेहाेर्‍याएका छन्।

 

प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij