नेपाली कांग्रेसमा प्रबेसको लहर

नेपाली कांग्रेसमा प्रबेसको लहर

बुटवल – नेपाली कांग्रेस रुपन्देहीको क्षेत्र न ५ मा पार्टी प्रबेसको लहर चलेको छ । अहिलेको नेकपाको सरकारले जन भावना अनुरुप काम गर्न नसकेको भन्दै सो पार्टी परित्याग गरि उनी हरु नेपाली काङ्ग्रेसमा समाहित भएका हुन नेकपाका जिम्मेवार पदमा रहेका नेता देखि मधेसी दलमा रहेका अगुवाकार्यकर्ताले पनि पार्टी छाडेका हुन । सो क्षेत्रका साम्सद भरत कुमार साहाको बिकास प्रतीको लगाब र नेपाली काङ्ग्रेसका नेता बिष्णु पोखरेलको निरन्तरको कृयासिलता देखेर अन्य पार्टीका कर्याकर्ता नेपाली काङ्ग्रेसमा प्रबेस गरेको प्रबेसीहरुले बताए । विभिन्न राजनीतिक दल बाट १८२ जना जन प्रतिनिधि सहित नेपाली काङ्ग्रेसमा प्रबेस गरेको काङ्ग्रेसका नेता चित्र तुलाचनले जानकारी दिनुभयो । प्रबेस गर्नेमा नेकपाका पुर्व वडा अध्यक्ष झबर मल्लाहा, १०३ बर्षिय कोइली देबि मल्लाहा , बिरु बिक , सहदेब थारु, प्रेम लाल पौडेल लगायत रहेकाछन् । यस अघि पनि सोही क्षेत्रका ३० जना नेकपाका कार्यकर्ता पार्टि कार्यलयमा अायोजित कार्क्रममा काग्रेस प्रबेश गरेका थिए । त्यस्तै कञ्चन गाउपालिका को हरैया मा २६ जना , कन्चनकै भैसाहिमा १सय १० जनाले नेपाली काङ्ग्रेसमा प्रबेस गरेका थिए । दुइदिन अघिमात्रै सैनामैना ५ को गौडि मा भएको कार्यक्रममा १सय ८६ जनाले कांग्रेसको सदस्यता लिएका हुन् । नव प्रवेसीहरुलाई स्वागत गर्दै सार्वजनिक लेखा समिती सभापति तथा पुर्व मन्त्री भरत कुमार साहले अफुले बोलेको कुरा पूरा गरेरै छाड्ने भएकाले पनि जनतामा बिस्वास जागेको बताए । लोकप्रिय नेता शाहले वर्तमान सरकार भ्रष्टचारमा डुवेको बताए । कार्यक्रममा नेपाली काग्रेसका उपसभापती फडिन्द्र शर्माले देशमा सरकार भएको अनुभूति गर्ने अवस्था नअाएकोले जनता अत्तालिएको बताए । नेपाली काङ्ग्रेसका युवा नेता तथा सोही क्षेत्रका प्रदेस सभाका उमेदवार बिष्णु पोखेरलले आफू जनताको सेवक भएकोले सधै जनताको बिचमा रहने बताए । उनले जनताको सुख दुख मा सधै साथमा रहने पनि बताए। कार्यक्रममाक्षेत्रिय सभापती वसिउल्लाह मुसलमान, सैनामैना नगर सभापति राम प्रसाद अधिकारी ,कञ्चन गाउपालिकाका सहसभापती यम वहादुर केसी,नवप्रवेसी भेलही मल्लाह, लगायतले बोलेका थिए । कार्यक्रम प्रदेस सभा क्षेत्रिय समितिका सभापती राम व थापाको अध्यक्षता,विपि विचार राष्टिय समाजका सदस्य चित्रलाल तुलाचनको सचालन,कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुरामणी पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij