सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने

सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने

काठमाण्डौ ।

काठमाण्डौको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो ।

काठमाण्डौ महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच सार्वजनिक ठाउँमा भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने सहमतिअनुसार निःशुल्क खाना अभियान पनि बन्द हुन लागेको हो ।

तर सार्वजनिक ठाउँमा खाना खुवाउन नपाए पनि बन्द कोठा वा वैकल्पिक ठाउँको पहिचान गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ । यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने छ । सहमतिअनुसार अब खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्ममा खाना खुवाउन वैकल्पिक ठाउँको खोजी गरिसक्नुपर्ने छ । सार्वजनिक ठाउँमा भिडभाड हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम झनै बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न लागिएको हो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij