बुटवल
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन ।
संघले हरेक महिनाको तेस्रो शनिवार अनिवार्य रुपमा रक्तदान गर्ने कार्यतालिका अनुसार रक्तदान गरेको कार्यक्रम संयोजक राजेश गैरेले बताउनु भयो ।
रगतको अभाव हुन नदिने र रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्दै संघले संस्थामा रहेका व्यक्तिहरुलाई कार्य विभाजन गरि काम गरेको उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियान्ता अशोक वज्राचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष दीपक अधिकारीले संचालन गर्नु भएको थियोे । शाक्य समाज रुपन्देही र ईन एण्ड आउट रेष्टुरेण्टले कार्यक्रम सफल वनाउन सहयोग गर्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्