तिलोत्मा
श्री बाटिका सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तिलोत्तमा–१ ड्राईभरटोल, रुपन्देहीको अध्यक्षमा पुनः कमला पाण्डे निर्वाचित हुनुभएको छ । संस्थाको हिजो सम्पन्न् ४ औं वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आगामी ४ वर्ष कार्यकालको लागि पाण्डेको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै सहकारीको उपाध्यक्षमा राधा पाण्डे खरेल , सचिवमा सुभद्रा भट्टराई , कोषाध्यक्षमा रिता पंज्ञानि, सदस्यमा दिल कुमारी मल्ल , लक्ष्मी बन्जाडे, सुस्मा हमाल, , शान्ता भट्टराई र मन्जु भुषाल रहनु भएको छ।
अधिवेशनमा सल्लाहकारहरु मिना पाण्डे पन्थ ,शान्ता के सि ,र संगिता अर्यालले निर्वाचन प्रक्रियको सहजिकरण गर्दै
लेखा समिति संयोजकमा कविता पन्थी निर्वाचित हुनुभएको छ भने लेखा सदस्यमा गिता पाण्डे र मन्जु क्षेत्री कार्कि निर्वाचित हुनु भएको छ।
नयाँ कार्यसमितिलाई निर्वाचन उपसमिति संयोजक शान्ता के सि ले सपथग्रहण गराउनु भएको थियो ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्