बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यसबर्षको देउसी भैलो कार्यक्रममा प्रतिबन्ध लगाएको छ । नगर क्षेत्रभित्र समुदायस्तरमा तिव्र गतिमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई रोकथाम,नियन्त्रण तथा न्यूनिकरणका लागि भन्दै यस वर्ष तिहारमा खेलिने देउसी भैलो रोकेको हो ।
कात्तिक १९ गते बसेको नगरको सचिवालयको बैठकले यस वर्षको देउसी भैलो रोक्ने निर्णय गरेको नगरपालिका प्रमुख प्रशाासकीय अधिकृत माधव प्रसाद शर्माले आइतबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले यस वर्ष नगरक्षेत्र भित्र दिउसी भैलो कार्यक्रम नगर्न नगराउन सबै नगरबासीमा अपील समेत गरेको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्