नेकपा सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने

नेकपा सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ । अध्यक्षद्वयसँगको परामर्शमा बैठक भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरेको विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए । पार्टीमा विवाद बढ्दै गएपछि सचिवालय बैठकको माग उठ्दै आएको थियो । तर प्रधानमन्त्री ओलीले बैठक बोलाउन मानेका थिएनन् ।

नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर विवाद चर्केको छ । त्यसबाहेक अन्य नयाँ विवाद पनि थपिएका छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij