काठमाडौं
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका नेपाली राजदूतका लागि सिफारिस भएका तीनै जनाको नाम संसदीय सुनुवाइ विषेश समितिले अनुमोदन गरेको छ।
बिहीबार बसेको समितिको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डा। युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो।
समितिका सभापति लक्ष्मणलाल कर्णले राजदूतका लागि सिफारिस भएका खतिवडा, रेग्मी र विकको नाम सर्वसम्मतीबाट अनुमोदन भएको जानकारी दिए। त्यसअघि समितिको बैठकमा प्रस्तावित राजदूतत्रयले समितिमा परेका उजुरी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए।
यसअघि गत असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विक दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। सुनुवाइ समितिबाट अनुमोदित भएका प्रस्तावित राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्