भैरहवा-नेपाल ट्रेड युनियन काग्रेस सिद्धार्थनगर समिति ले खुल्ला वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोना महामारीमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले शुक्रबार भैरहवा मा नेपाली काग्रेस को पार्टी कार्यालय मा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पार्टी का पदाधिकारी, सदस्य भातृ सगठन का पदाधिकारी र अन्य व्यक्ति गरी ३० जनाले रक्तदान गरेका छन् ।
नेपाली काग्रेस का जिल्ला सभापति अब्दुल रज्जाक को प्रमुख आतिथ्यता र नेपाल ट्रेड युनियन काग्रेस सिद्धार्थनगर समिति का सभापति राम बहादुर गुरुङ्ग को सभापतित्व मा भएको रक्तदान कार्यक्रममा नेपाली काग्रेस का जिल्ला कोषाध्यक्ष दिपक क्ष्ोत्री न्यौपाने, नेपाल ट्रेड युनियन काग्रेस सिद्धार्थनगर समितिका सदस्य जीवन क्षेत्री,
नेपाल ट्रेड युनियन काग्रेस रुपन्देही का कार्य बाहक अध्यक्ष ओम प्रकास चौधरी, नेपाली काग्रेस का क्षेत्रिय सभापति मातृका प्रसाद यादव, नेपाल तरुण दल का जिल्ला सभापति सोम बहादुर गुरुङ्ग, लगायत ले रक्तदान को बारे मा प्रकास पार्नु भएको थियो । कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस सिद्धार्थनगर समिति का सचिव सगम न्यौपाने ले सचालन गर्नु भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्