काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले परामर्श बढाएका छन् । पछिल्लो पटक केन्द्रीय सचिवालयभित्रै अल्पमतमा परेका ओलीले परामर्श बढाएका हुन् ।
पार्टीको निर्णय नमानेको भन्दै रुष्ट बहुमत सदस्यहरुले आक्रामक प्रस्ताव अगाडि बढाएपछि स्वयम् उनीहरुसँगै ओलीले भेटघाट तथा परामर्श बढाएका हुन् । आइतबार (आज) बिहान मात्रै नेकपा उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटार बोलाएर परामर्श गरेका ओलीले आजै दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
ओलीले उपाध्यक्ष गौतमलाई आफूलाई सघाउनु अनुरोध गरेका थिए । जवाफमा गौतमले पहिले आफू (ओली) सुध्रिनुपर्ने बताएका थिए । गत शुक्रबार बसेको सचिवालय बैठकमा असन्तुष्ट बहुमत सदस्यहरु (कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष गौतम, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ)ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि ओलीले थप परामर्श बढाएका हुन् ।
स्रोतका अनुसार महासचिव पौडेल कार्यकारी अध्यक्ष दाहालसँग निरन्तर सम्पर्क र सम्वादमा छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्