कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु श्रीमान घाइते

कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु श्रीमान घाइते

बुटवल।
कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

श्रीमान् श्रीमती चढेको मोटरसाइकल बाणगंगा नगरपालिका–५ कोपवामा दुर्घटना हुँदा ४० बर्षीय रामकली चौधरीको मृत्यु भएको हो ।

बाणगंगा–११ का अनिरुद्र चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनकी श्रीमती रामकलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

दुर्घटनामा अनिरुद्रसमेत घाइते भएका छन् । दुर्घटनापछि अनिरुद्रले श्रीमतीलाई सडकमै छाडेर अटो रिक्सा लिन घर गएका थिए ।

घरबाट आउँदा श्रीमतीको मृत्यु भएको देखेपछि उनले प्रहरीलाई खबर नगरी पुनः घरमा गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीरिक्षक गुरुङले बताए ।

कोपवास्थित महेन्द्र माध्यमिक विद्यालयदेखि २ सय मिटर पश्चिममा महिलाको शव देखेपछि सोमबार बिहान स्थानियले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए ।

प्रकाशित मिति : सोमबार, मंसिर १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij