काठमाडौं -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुने बताउनुभएको छ । शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा प्रचण्डले शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो ।
त्यस क्रममा उहाले शान्ति प्रक्रियाका जटिल, संवेदनशील र गम्भीर विषय टुंगिसकेकाले बाँकी काम सहजै टुंगिने बताउनुभएको हो। ‘सबभन्दा जटिल र संवेदनशील विषय हामीले सम्पन्न गरेका छौं । बाँकी त सहजै सम्पन्न हुन्छ भन्ने लाग्छ’, प्रचण्डले भन्न ुभयो। सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल विषय सफलतापूर्वक टुंगिनु अभूतपूर्व घटना भएको उहाले बताउनुभयो ।
‘त्यो शान्ति प्रक्रिया सामान्य अवस्थामा सहज ढंगले हल हुन्छ भन्ने मानिसहरुले सोच्दैनथे । कहिँ न कहिँ दुर्घटना हुन्छ, कयौंको ज्यान जान सक्छ भन्ने पनि थियो’, प्रचण्डले भन्नुभयो, ‘ शान्ति प्रक्रियामा हस्ताक्षर गरेको नाताले पनि त्यसलाई सफलतापूर्वक सेना समायोजन र हतियार व्यवस्थापन भयो ।’
शान्ति सम्झौता कार्यान्वयन नेपालको इतिहासमा र दक्षिण एसियामा मात्रै नभएर विश्वमा नै अभूतपूर्व घटना भएको उहाले बताउुभयो। नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकता र विशेषताअनुरुप भएको प्रचण्डले दावी गर्नुृभयो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी काम पनि अब सहजै ढंगले टुंगिने प्रचण्डले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्