कांग्रेस अहिले सत्ता साझेदार बन्दैनःकांग्रेस नेता महत

कांग्रेस अहिले सत्ता साझेदार बन्दैनःकांग्रेस नेता महत

कपिलवस्तु
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकासशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन् प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापती शेर वहादुर देउवा विचको भेट सत्ता साझेदारीका नभएको उनको भनाई छ ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने ‘कांग्रेस अहिले सत्ता साझेदारमा जादैन।’ उनले ओलीले देउवालाई बिपक्षी दलसंग संबैधानिक निकाय लगातयका विषयमा मात्र रुलिङ गर्नका लागि भएको दाबी गरे।
ओली नेतृत्वको सरकार पुर्णतया असफल भएको उनले बताए । उनले अहिलेको सरकारले भ्रष्टाचारमा डुबेको यो कुरा अर्का अध्यक्ष प्रचन्डले नै राजनीतिक प्रतिबेदन पेश गरेर प्रमाणित गरेको उनले तर्क गरे । उनले देशमा अहिले विदेशी हस्तक्षेप समेत बढेको र ओलीको राष्ट्रियताको नारा सबै झुठो साबित भएको बताए। ‘ओलीले देखाएको सपना सबै झुठो साबित भएका छन्, जनताले सबै कुरा बुझेका छन् उनले भने । नेता महतले कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको तर २० अर्व रुपैयाँको लेखाजोखा समेत नभएको बताए। कोभिड अनुगमन समितिका संयोजक समेत रहेका नेता महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको, उपचार समेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए ।
उनले आगामी फागुन महिनामा गर्ने भनिएको पार्टीको महाधिबेशन समेत कोभिडका कारण अन्यौलमा परेको बताए । उनले फागुसनमा महाधिशेन हुन कठिनाई हुने बताए । युनियका जिल्ला सभापति गोपाल भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेबि संघका सभापति राजीव ढुंगाना, जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्य लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij