तिलोत्तमामा १५ शैंयाको सरकारी अस्पताल शिलन्यास

तिलोत्तमामा १५ शैंयाको सरकारी अस्पताल शिलन्यास

बजेटको सुनिश्चितता हुन्छ:अर्थमन्त्री पौडेल

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा निर्माण हुने १५ शैंयाको सरकारी अस्पतालको आज शिलन्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्नुभयो ।

२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी अस्पताल बनाउन थालिएको हो । अस्पताल पूर्णनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराउनु भएको हो । २०४० सालमा उहाँहरुले दश कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्य चौकी अहिले उहाँका छोराहरुले थप ४ कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नती सहज भएको हो ।

हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउने छ । शिलन्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट पार्नुभयो । “बजेटको सुनिश्चितता म गराउँछु । तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् ।” अर्थमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले तिलोत्तमाकैं सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नती गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । तिलोत्तमाको वडा नं. १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकैं गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पूल, सिँचाई नहरलगायत थुप्रैं विकासे योजना अघि बढाइने बताउनुभयो । तिलोत्तमा व्यवस्थित सहरको रुपमा अघि बढेको बताउँदै उहाँले व्यवस्थित सहर बनाउने कुनै पनि काममा विचलित नहुन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तिनैं तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाउनु भएको प्रतिबद्धताअनुसार अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभयो । उहाँले सेमराबजार स्वास्थ्य चौकीको स्तरोन्नती पनि अपरिहार्य रहेको बताउँदै अर्थमन्त्रीले यसमा आवश्यक ध्यान पुर्याउने विश्वास व्यक्त गर्नुभयो को ध्यानाकर्षण गराउनुभयो ।

उहाँले बसपार्क निर्माण, सिटी कलेज सञ्चालन, सिँचाई नहर, सडक निर्माणमा समेत यथोचित बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो । यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले अस्पताल निर्माणले विपन्न वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुग्ने बताउँदै सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गराउन अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जग्गादाता मध्येका जीवन प्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रिय स्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझैं उचाईंमा पुर्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती हुँदा ओझा परिवार गौरवान्वित भएको बताउनुभयो । त्यसक्रममा जग्गा उपलब्ध गराउने जीवन प्रसाद ओझा, कल्याण प्रसाद ओझा र नारायण प्रसाद ओझालाई सम्मान गरिएको थियो ।

वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष सुखदेव न्यौपानेको अध्यक्षता तथा स्वास्थ्य चौकी ईञ्चार्ज ज्ञान प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij