तिलोत्तमा-लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपालले प्रतापपुर गाउँपालिका–२, सोनवर्षा नवलपरासी निबासी दिल्लीराम थारुको परिवारलाई मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले दिल्लीरामकी धर्मपत्नी पुष्पाकुमारी गुराउलाई रकम हस्तान्तरण गरेकी हुन् । वैदेशिक रोजगारीमा रहेका दिल्लीरामको गत जेठमा निमोनियाका कारण निधन भएको थियो ।
उनले एलआइसी नेपालको बर्दघाट शाखामार्फत दुईलाख ५० हजार रुपियाँको जीवन बीमा गरेका थिए । जीवन बीमा अन्तर्गतबाट प्राप्त हुने रकम ३ लाख ८ अजार १५० रुपियाँ उनकी धर्मपत्नी पुष्पाकुमारीलाई प्रदान गरिएको शाखा प्रवन्धक पुरीले जानकारी दिइन् ।
त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले मानिसको विकल्प रकम हुन नसकेपनि जीवनलाई सहजरुपमा अघि बढाउन रकम चाहिने र भाविष्यलाई सुरक्षित राख्न जीवन बीमा अति आवश्यक भएको बताइन् ।
एलआइसीका एजेन्सी म्यानेजर किशनबहादुर चौधरी रसुरेश यादव तथा वडा सदस्य बेलास हरिजनलगायतले जीवन बीमा र यसका सवल र सकारात्मक पक्षबारे चर्चा गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्