सैनामैनामा स्मार्ट रिफे्रस सेन्टरको शिलान्यास

सैनामैनामा स्मार्ट रिफे्रस सेन्टरको शिलान्यास

सैनामैना -रुपन्देहीको सैनामैना नगरपालिकामा स्मार्ट रिफे्रस सेन्टरको शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा बनाउन लागेको रिफ्रेस सेन्टर योजना अन्तर्गत रुपन्देहीको सैनामैना वडा न.ं९ स्थित पिपलडाँडामा स्मार्ट रिफे्रस सेन्टर बन्न लागेको हो ।
लुम्बिनी प्रदेश सरकारको ३ करोड ५५ लाख ७९ हजार ५ सय १० रुपैँयाको लगानीमा निर्माण हुन लागेको उक्त अत्याधुनिक रिफ्रेस सेन्टरको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार बिहान शिलान्यास गर्नुभयो ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा पुर्व पश्चिम लोकमार्गको सरसफाई अभियान सँगै घर घरमा स्वच्छ पानी पु¥याई प्रदेशलाई नै हराभरा बनाउने सरकारको योजना बमोजिम रिफ्रेश सेन्टरलाई अगाडि सारिएको हो । लामो दुरीमा चल्ने सवारी साधनका चालकहरुमा थकान हुने हुँदा त्यो थकानलाई मेट्नका लागि यो अत्याधुनिक रिफ्रेस सेन्टर ( आराम गृह) निर्माण गर्न लागिएको हो । यो सेन्टरमा चालकहरुको लागि आराम गर्ने, सुत्ने, चिया नास्ताको व्यवस्था सहित यात्रुहरुका लागि पनि नि ः शुल्क सार्वजनिक शौचालयको व्यवस्थापन हुनेछ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सैनामैनामा निर्माण सुरु गरिएको स्मार्ट रिफे्रस सेन्टर सडक यात्रा गर्नेहरुका लागि एउटा आराम गर्ने महत्वपुर्ण केन्द्रका रुपमा विकास हुने बताउनुभयो । बढ्दो सडक दुर्घटना न्यूनिकरणका गर्नमा समेत यसले सहयोग पु¥याउने पोखरेलको भनाइ छ ।
अत्याधुनिक शौचालय सहितको स्वच्छ पिउने पानी लगायतका अन्य सुविधासहित पहिलो चरणको काम सुरु भएको छ । दुई वर्ष भित्र सम्पन्न गर्ने उक्त रिफ्रेश सेन्टर दुई चरणमा सम्पन्न गरिनेछ ।
रिफ्रेश सेन्टर सञ्चालन पछि चालक तथा यात्रुहरुले बाहिर आराम गर्नु नपर्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । उहाँले निर्माण सम्पन्न भइसकेपछि लुम्बिनी प्रदेशका लोकमार्गको पुर्ण सरसफाईको प्रत्याभुति समेत यस सेन्टरले प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै सेन्टर सञ्चालनले स्थानीय कृषि उत्पादन खपत सँगै यस क्षेत्रमा रोजगार सिर्जना गर्नमा टेवा पुग्ने कार्कीको भनाई छ ।
सैनामैनामा आधुनिक सभ्यताको यात्रा सुरु भएको राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराइले बताउनुभयो । उहाँले नगरमा बन्न लागेको यस सेन्टरले यस क्षेत्रको विकासका लागि थप टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । प्रदेशका भौतिक तथा पुर्वाधार मन्त्री वैजनाथ चौधरीले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि यो योजनाले ठूलो भुमिका खेल्ने धारणा राख्नुभयो ।
रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारको लगानीमा बन्न लागेको यस सेन्टरले नगरको विकास सँगै यहाँको जनताका जीवन स्तर उकास्नका लागि पनि कोशेढुङ्गा साबित हुने बताउनुभयो । यस आराम गृहले यस क्षेत्रका जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने प्रदेश सभा सदस्य भुमिश्वर ढकालको भनाइ छ । ढकालका अनुुसार प्रदेशको यो परियोजना सम्पन्न हुँदा स्वास्थ्य क्षेत्रमा समेत सरकारले फड्को मार्नेछ ।
नेपाली कांग्रेसका उपसभापति फणिन्द्र प्रसाद शर्माले प्रदेश सरकारले ड्रिम प्रोजेक्टका रुपमा रिफ्रेस सेन्टरलाई अगाडि सारेकोले यस क्षेत्रका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारको पाँच वटा रिफ्रेस सेन्टर बनाउने लक्ष्य अनुसार अब नवलपरासीको वर्दघाट, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र बर्दियाको बासँगढीमा यहि मोडेल अनुसार नै हाइवे क्षेत्रमा रिफ्रेस सेन्टर बन्नेछन् । यस वर्ष भने रुपन्देहीको सैनामैना र कपिलवस्तुको चन्द्रौटामा ठेक्का सम्झौता भइसकेको छ । अन्य तीन ठाउँको भने ठेक्का प्रक्रिया सुरु हुँदैछ ।
दुई चरणमा काम सम्पन्न भइसकेपछि सञ्चालन एवम् व्यवस्थापनको लागि प्रदेश सरकारले सैनामैना नगरपालिकालाई उक्त रिफ्रेस सेन्टर हस्तान्तरण गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, योगीकुटीका महाशाखा प्रमुख धुव्र कुमार धितालले बताउनुभयो ।
यस स्मार्ट सेन्टर भित्र स्मार्ट रेस्ट रुम, सावर रुम, पार्किङ्ग, सिटिङ्ग एरिया,रोड एरिया, ड्राइभर रुम,चार्जिङ स्टेशन, वाउन्ड्री वाल, वाटर ट्याङ्क लगायत रहेका छन् ।
२०७७ साल असार १५ गते भिमेश्वर मामा जेभि बुटवल सँग २ वर्षमा काम सम्पन्न गर्ने गरी प्रदेश सरकारले ठेक्का सम्झौता गरेको हो ।

 

 

 

 

 

 

प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij