बुटवल । लैङ्गिक हिंसा र अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्ने सरोकारवालाले बताएका छन् । उनीहरूले लैङ्गिक हिंसाका अपराधीलाई हदैसम्मको कानुनी कारबाहीको माग समेत गरेका थिए ।
शनिबार मेचीमहाकाली बुहारी संयुक्त आवाज रूपन्देहीले बुटवलमा आयोजना गरेको लैङ्गिक हिंसा चुनौती र समाधान विषयक अन्तर्किया कार्यक्रममा बोल्ने वक्ताहरूले लैङ्गिक हिंसा सहेर समाजमा नागरिक बस्नु परेको र अपराधीलाई कानुनी दायरामा ल्याउने कानुनको कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य राधा ज्ञवालीले लैङ्गिक हिसांमा संलग्नलाई मृत्युदण्डको सजाय कानुनमा संसोधन हुनु पर्ने बताउनुभयो । उहाले बालिकामाथि हुने यौनिक हिंसा र हत्याका दोषीलाई मृत्युदण्डको व्यवस्थाको लागि संविधान संशोधनको लागि प्रस्ताव लैजाने दाबी गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य दिपा बिकले बोल्दै बलात्कार गरेपनि फाँसी दिन नहुने तर्क गर्नुभयो। उहाले महिला तथा बालिका माथि हुने हिंसा अन्त्य गर्नुपर्ने बताउँदै उहाले फाँसी दिनु मानवअधिकारको विपरित हुने हुँदा हदैसम्मको कारबाही हुनुपर्ने तर्क गर्नुभयो । उहाले प्रदेश सभाका बैठकमा लैङ्गिक हिंसाका विषयमा छलफल भइरहेको बताउनुभयो ।
सदस्य गीता थापाले महिला महिला बिचको अस्वस्थ बिभेदको अन्त्य गर्नु पर्ने बताउनुभयो। उहाले राज्यले बनाएका नीति नियम कार्यन्वयन गर्न हरेक नागरिक सचेत हुनुपर्ने बताउनुभयो । नागरिक पनि आफ्नो अधिकारको विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।
सैनामैना नगरपालिकाका उप प्रमुख तथा संस्थाका सल्लाहकार बिना रानाले बोल्दै महिला हिंसा आफू पनि नगर्ने, अरुलाई गर्न पनि नदिने र त्यसलाई बढावा नदिने काम गर्ने बताइनुभयो ।
पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष तथा सञ्चारिका समुह लुम्बिनीका उपाध्यक्ष नीरा गौतम निरूले बलात्कारका कल्पना समेत नगरेका घटनाका समाचार लेख्न पर्दा दुःख लागेको बताउँदै यस्ता समाचार लेख्दा औंला काँप्ने गरेको बताउनुभयो । लैङ्गिक हिंसा विरुद्धको यो अभियानमा सञ्चारको माध्यमका तर्फबाट निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाकी कानुनी सल्लाहकार सीमा बनले महिला हिंसा पुरुषबाट मात्र नभई महिला महिलाको बिचमा रहेको बताउनभुयो
संस्थाकी कानुनी सल्लाहकार अधिवक्ता मिना पोण्डेले कानुनी प्रमाणका आधारमा पीडकलाई कानुनी दायरामा ल्याउन माग गनुभया ।
कार्यक्रममा बुटवल ९ की कार्यवाहक अध्यक्ष बिमला श्रेष्ठ, इनरव्व्हिल क्लब अफ रूपन्देहीका सस्थापक इना उपाध्याय ,देवकला सुवेदी कमाल, सह सम्योजक धनु श्रेष्ठ, सह सचीव इन्द्र बिकलगायतले बोलेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्