काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेकाे छ । मङ्गलबार थप एक हजार तीन सय चार जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
आठ हजार पाँच सय ८३ जनाकाे नमुना परीक्षण गर्दा एक हजार तीन सय चार जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार ७३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख १६ हजार पाँच सय ९४ पुगेको छ ।
अब नेपालमा १६ हजार ६ सय ३३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ सय १६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २१ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय २९ पुगेकाे छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्