बुटवल-बुटवलको हस्पिटललाइनमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।
चौराहाबाट पुष्पलालपार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रक (लहरी)ले सोही दिशातर्फ गुडिरहेको लु ४९ प २०५ नम्बरको स्कुटरलाई लुम्बिनी प्रादेशिक अस्पतालको मूलगेट अगाडि ठक्कर दिदाँ स्कुटर चालक बुटवल उपमहानगरपालिका ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीत सिह राठोरले जानकारी दिए ।
शर्माको घटना स्थलमा नै मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्