काठमाडौं
अर्थ मन्त्रालयले कोरोना बीमाको रकम तीन दिनभित्र भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको छ।
सात दिनभित्र भुक्तानी दिन दिएको निर्देशन कार्यान्वयन गर्न अटेरी गरेपछि अर्थ मन्त्रालयले बिहीबार फेरि तीन दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको हो।
मन्त्रालयले बीमा समितिलाई तीन दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी त्यसबारे जानकारी पठाउन पनि निर्देशन दिएको छ। यस्तै, भेरिफिकेशन गर्न बाँकी दाबीको भेरिफिकेशन यथाशिघ्र सकेर भुक्तानी दिने व्यवस्था मिलान पनि मन्त्रालयले भनेको छ।
कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भृरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्न पनि अर्थ मन्त्रालयले भनेको छ।
प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्