बुटवल ।
रुपन्देहीको गैडहवा गाउपालिकामा छिमेकीको बिहेभोज खान गएका एक २६ बर्षिय युवा मृत अवस्थामा फेला परेका छन ।
मंगलबार बेलुका छिमेकीको घरमा बिहेभोज खान गएका गैडहवा गाउपालिका वार्ड नं। ६ गुलहरियाका २६ बर्षिय दिनेश लोध बुधवार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
रामापूर–लुम्बिनी सडक खण्ड अन्तर्गत गुलहरियाचोक देखि करिब ५ सय मिटर दक्षिण सडकको किनारमा रहेको परालको टौवामा बेवारिसे अवस्थामा लोधको शव फेला परेपछि स्थानीयहरुले बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए ।
मृतक लोधको शरिरको अन्य भागमा कुनै चोट पटक नलागेको तर टाउकोको दाहिने कानको माथिल्लो भागमा थिलथिलो भएको प्रहरीले जनाएको छ ।
घाँटी बटारिएको अवस्था शव फेला परेकाले लोधलाई कसैले टाउकोमा प्रहार गरेर घांटी बटारेर मारेको हुन सक्ने उनका काका राम नयन लोधले बताए ।
नेपाल प्रहरी अनुसन्धान ब्युरो नेपालगञ्जको कुकुर शाखाको टोली आएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यलय,सूर्यपुराका प्रहरी निरीक्षक हरिहर खडकाले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्