देशका अधिकांश स्थानको मौसम बदली हुने

देशका अधिकांश स्थानको मौसम बदली हुने

काठमाडौं।
देशका अधिकांश स्थानको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश स्थानको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

मौसमविद् पौडेलका अनुसार आज प्रदेश नम्बर १ का पहाडी एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ ।

बिहीबार बिहान देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसमविद पौडेलले बताए । बिहान देखि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij