काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएका संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
बैठक हुन एक दिन मात्रै बाँकी छँदा सभापति देउवाले आफ्नो प्रियपात्र रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका हुन् ।
स्रोतले बताएअनुसार देउवाले आफूहरुको २९ गतेको प्रदर्शनलाई प्रभावित पार्नेगरी बैठक बोलाइएको हुनसक्ने ठहर गर्दै ओलीलाई यस्तो सन्देश पठाएका हुन् ।
ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन् । देउवाले भने प्रदर्शनभन्दा अगाडि आफूले बैठकमा उपस्थिति जनाउन नसक्ने बताएका छन् ।
कानूनी व्यवस्थाअनुसार संवैधानिक परिषद्मा विपक्षी दलका नेता अनिवार्य हुनुपर्ने भनिएको छ ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तलगायत अन्य थुप्रै निकायहरु अहिले नेतृत्वबिहीन छन् ।
यसअघि नियुक्तिकै विषयमा ओलीले देउवासँग छलफल गरेका थिए । कांग्रेसले आगामी २९ गते देशव्यापी सरकार विरोधी आन्दोलन गर्ने घोषणा गरेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्