नेपालमा ८९९ सङ्क्रमित थपिए, १५ जनाको मृत्यु

नेपालमा ८९९ सङ्क्रमित थपिए, १५ जनाको मृत्यु

नेपालमा थप ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २४२ जनाको पिसिआर जाँच गर्दा ८९९ जना कोरोना सङ्क्रमण पुष्टि भएको हो । साेही अवधीमा १५ जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

नेपालमा कोरोना सङक्रमितको सङ्ख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप एक हजार ३ सय १९ जना सङ्क्रमण मुक्त भएसँगै कोरोना जित्नेको सङ्ख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या एक हजार ६ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । देशभर ११ हजार ६७३ सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : शनिबार, मंसिर २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij