काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन ।
संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । तर सरकारविरुद्ध भोलि देशव्यापी रुपमा गर्न लागेको विरोध प्रर्दशनको तयारी गर्नुपर्ने भएकाले आफू बैठकमा बस्ने नसक्ने जानकारी देउवाले शनिबार नै गराएका थिए । उनले बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई पठाएका थिए ।
दलहरुबीच भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् । स्थगित भएको बैठक अब कहिले बस्ने भन्नेबारे अझै अन्योल छ ।
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्