कम्युनिष्ट सरकारले अहिलेसम्म सिन्को पनि भाच्न सकेन : कांग्रेस महामन्त्री कोईराला

कम्युनिष्ट सरकारले अहिलेसम्म सिन्को पनि भाच्न सकेन : कांग्रेस महामन्त्री कोईराला

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री डा. शंशाङ्क कोईरालाले दुई तिहाईको वर्तमान कम्युनिष्ट सरकारले अहिलेसम्म सिन्को पनि भाच्न नसकेको ओरोप लगाउँनु भएको छ । सरकार बनेको साढे तिन वर्ष वितिसक्दा कुनै नँया योजना ल्याउँन नसकेको उँहाको भनाई छ । नेपाल जेसिजको ४७ औं राष्ट्रिय माहाअधिवेशनलाई रुपन्देहीमा उद्घाटन गर्दै उँहाले नेकपाको सरकारसँग नँया योजना ल्याउने सपना नै नभएको बताउँनुभयो ।

सरकार बनेको ३ वर्ष वित्यो अहिले सम्म कुनै नँया प्रोजक्ट आउन नसकेको उँहाले बताउँदै सरकारसँग नँया भिजिन नै नभएको काईरालाले आरोप लागउँनुभयो । कांग्रेस पहिलो पटक सरकारमा आउँदा देशमा ७ हजार किलोमिटर मात्र सडक रहेको र अहिले देशमा १ लाख किलोमिटर भन्दा बढि सडक कांग्रेसले योजना ल्याएर बनेको दाबी गर्नुभयो । देशमा ठुला परिवर्तन र विकासका ठुला योजना कांग्रसले ल्याएको कोईरालाको दाबी छ । युवालाई सक्षम बनाउन सकेमात्र देशको विकास हुने उँहाको भनाई छ । सरकारले युवालाई सक्षम बनाउँनको लागि कृषि कार्यक्रमलाई जोड दिनु पर्ने बताउँनुभयो । हाधिवेसनमा देशभरका १ सय ५६ शाखाका प्रतितिधिहरु सहभागी रहेको सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो महाधिवेसनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
जेसीजको राष्ट्रिय अध्यक्षको लागि चितवनका अरुणेश्वर खनाल, दाङका लालमणी भण्डारी र नुवाकोटका रविन पोखरेलबीच प्रतिस्प्रधा हुने छ । त्यसै गरी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष, राष्ट्रिय उपाध्यक्ष लगायतको कार्यसमिति सदस्यको लागि निर्वाचन हुने छ। मतदान कार्यक्रम भने पर्सि शुक्रबार हुने छ।

प्रकाशित मिति : बुधबार, पुष १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij