बिबिसी मास्टर सेफको टप ३ मा पुगे सन्तोष

बिबिसी मास्टर सेफको टप ३ मा पुगे सन्तोष

काठमाडौं – सिरहामा जन्मिएका सन्तोष शाह बिबिसी मास्टर सेफको टप ३ मा पुगेका छन् । आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनले मास्टर सेफमा यो स्थानसम्म पुगेका हुन् ।

बुधबार बेलुका बिबिसी वानमा प्रसारण भएको बिबिसी मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट ३ सेफको स्थानमा आफूलाई पुर्याएका हुन् । भादगाउँले टोपी लगाएर बिबिसी मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए ।

सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए । अब यो प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । यो प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।

प्रकाशित मिति : बिहिबार, पुष २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij