प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले बेलुकी ५ बजेका लागि परिषद्को बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको भोलिपल्ट आज बैठक आह्वान गर्नुभएको हो । उहाँ अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकलेसमेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश फिर्ता गर्नेबारे कार्यालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी नहुने हुनुभएको छ । बेलुकी ५ बजे बैठक बस्नेबारे जानकारी प्राप्त भएको तर अध्यादेश नै फिर्ता नभइ सकेकाले बैठकमा सहभागी नहुने सभापति देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : बिहिबार, पुष २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij