JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको सियारीमा लालपुर्जा वितरण

रुपन्देहीको सियारीमा लालपुर्जा वितरण

रुपन्देही -रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नं. ३ र ४का ६७ घरपरिवारलाई विहिबार लालपुर्जा वितरण गरिएको हो ।
पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँब्लक मानिँदै आएको छ । गाउँब्लक भित्र पर्ने जग्गामा वर्षाै देखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन नसकेका स्थानीयवासीलाई लालपुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नु भयो — “घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं, जग्गाको मालिक वनाउँछौं, यस कार्यमा स्थानीय, प्रदेश र संघिय सरकार लागि परेकाछौं ।”
विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो —“गाउँपालिकावासिहरुको चहना अनुसार काम गर्छाै ।”
घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनु भयो ।
सियारी गाउँपालिकामा करिव दुईहजार परिवारलाई पुर्जा वितरण गर्न बाकीं रहेको र जिल्लामा एक हजार ३ सय ८३ ब्लकको पुर्जा वितरण गर्न बाकी रहेको जिल्ला नापी कार्यलय रुपन्देहीका प्रमुख अजित कुंवरले बताउनु भयो ।
जग्गा धनी पुर्जा पाएपछि सियारी ३ भैसाखदारकी अनुपा चौधरीले खुसि ब्यक्त गर्नु भयो । उहाँले भन्नुभयो—“पुस्तौ देखि बसेको ठाउँको पुर्जा पाएँ, खुसिलागेको छ ।”

प्रकाशित मिति : बिहिबार, पुष २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij