JanataToday.com

Advertisment

SKIP THIS

पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि पर्यटक भित्राउने लक्ष्य सहित बुटवलमा डाईनामिक टुरिजम क्लव गठन

पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि पर्यटक भित्राउने लक्ष्य सहित बुटवलमा डाईनामिक टुरिजम क्लव गठन

बुटवल -पर्यटकीय गन्तव्यहरुको अन्तराष्ट्रियकरण गरि नेपालमा पर्यटक भित्राउने लक्ष्य सहित बुटवलमा पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीहरुले लायन्स क्लव अफ डाईनामिक टुरिजम क्लव गठन गरिएको छ ।
रुपन्देहीमा होटल व्यवसायमा आवद्ध व्यवसायीको मात्र सहभागितामा गठन गरिएको डाईनामिक टुरिजम क्लव मार्फत पर्यटनको क्षेत्रमा बहुआयामिक रुपमा काम गर्ने लक्ष्य अगाडी बढाएको बताईएको छ ।
लायन्स क्लव अफ बुटवल भृकुटी टाउनको स्र्पोन्सरमा स्थापना गरिएको क्लवको आईतवार एक समारोहका बीच क्लवको प्रिजिन्टिसन गगरेको हो ।
पर्यटन व्यवसायी समुन्द्र जिसीको अध्यक्षतामा क्लव गठन गरिएको हो ।
लायन्स क्लव अफ ३२५ बी टु नेपालका गर्भनर शम्भु नकर्मीले एक समारोहका बीच क्लवलाई पीन र आधिकारिकता प्रदान गर्नु भएको हो । सो अवसरमा गर्भनर नकर्मीले लायन्स ईन्टनेशनल मार्फत नेपालको पर्यटन क्षेत्रको विकास प्रचार प्रसारमा टेवा पुराउने बताउनु भयो ।
गर्भनर नकर्मीले नेपाली भाषालाई पनि अन्तराष्ट्रिय भाषाका रुपमा स्थापित बनाउनका लागि लायन्स क्लवबाट अभियान शुरु गरेको धारणा राख्नु भयो । कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपालले अन्तराष्ट्रिय रुपमा नमुना हुने गरि सामाजिक तथा पर्यटन सम्बन्धी काम गर्न क्लवलाई आग्रह गर्नु भयो ।
लायन्स क्लव अफ ३२५ बी टु नेपालका फष्ट गर्भनर राम प्रसाद भटृ, सेकेनगर्भनर सिबि चन्द भृकुटी लायन्सका अध्यक्ष यमकान्त गैरे, लायन्स क्लव अफ डाईनामिक टुरिजम क्लवका माधव कुमार खनाल, सोभाखर पोखरेल लगायतले समाज परिवर्तमा क्लवका माध्यमवाट योगदान गर्न गम्भिर हुन आह्वान गर्नु भएको थियो । सोही अवसरमा असहाय गरिव हरुलाई न्यायो कपडा वितरण र क्लवको कार्यालयको पनि शुभारम्भ गरिएको थियो ।

 

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij