उखुको भुक्तानी बाँकी नरहेको महालक्ष्मी सुगर्स प्रालिको स्पष्टोक्ति

उखुको भुक्तानी बाँकी नरहेको महालक्ष्मी सुगर्स प्रालिको स्पष्टोक्ति

कपिलबस्तुका किसानबाट ४ करोड लिन बाँकी रहेको दावी

 

बुटवल

सर्लाहीको महालक्ष्मी सुगर्स प्रालिले उखु किसानको सम्पुर्ण भुक्तानी चुक्ता गरीसकेको जनाएको छ । उद्योगले शनिबार एक बिज्ञप्ति निकालेर उखु किसानको भुक्तानी बाँकी नरहेको जनाएको हो । उद्योगले बरु कपिलबस्तुका किसानहरुसंगबाट ४ करोड रकम लिन बाँकी भएको दावी गरेको छ ।

उद्योगका सहायक प्रबन्धक दिपक न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उद्योगले किसानलाइ तिर्नुपर्ने बक्यौता रकम दु महिना अघि नै चुक्ता गरीसकेको जनाइएको छ । उखु किसानलाइ तिर्नुपर्ने एक रुपैँया पनि वक्यौता बाँकी नरहेको जानकारी बाणिज्य तथा आपूर्ति मन्त्रालयलाइ दुइ महिना अघि नै गराइसकेको विज्ञप्तीमा उल्लेख छ । सरकारले उखु किसानलाइ दिनु पर्ने अनुदान वापतको रकम नदिएको र सोही रकमसंग जोडेर उद्योगलाइ बदनाम गर्न खोजीएको बताइएको छ । काठमाडौमा चलीरहेको उखु किसानको आन्दोलनसंग जोडेर महालक्ष्मी सुगर्स प्रालि र त्यसका संचालकको चरित्र हत्या गर्ने प्रयास गरीएको भन्दै विज्ञप्तीमा सत्यतथ्य बुझिदिन आग्रह पनि गरीएको छ ।

विज्ञप्तिमा कपिलबस्तुका उखु किसानबाट ४ करोड रकम लिन बाँकी रहेको दावी गरीएको छ । उद्योगले किसानलाइ उखुको बिउ,मलखात व्यवस्थापनकालागि बिना व्याज उपलब्ध गराएको करिब ४ करोड ऋण असुल गर्न नसकेको दावी गरीएको छ । सो ऋण लिदा किसानहरुले नै लेखिदिएको तमसुक उद्योगसंग सुरक्षित रहेको जनाइएको छ । ऋण असुल उपरकालागि सहयोग गर्न आग्रह गर्दै विज्ञप्तीमा अव पनि ऋण नउठे न्यायिक बाटो रोज्न बाध्य हुने जनाइएको छ ।

नेपाली काँग्रेसका नेता कनौडीयाको स्वामित्वको चिनी उद्योग पहिले कपिलबस्तुमा थियो । कपिलबस्तुमा उखु उत्पादन घट्दै गएपछि उद्योग स्थानान्तरण गरी सर्लाही लगीएको उद्योग प्रशासनले जनाएको छ । कनौडीया लुम्बिनी प्रदेशको प्रदेशसभामा प्रतिपक्ष दल नेपाली काँग्रेस संसदिय दलका नेता हुन ।

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij