काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार ओलीले दिउँसो ३ बजे बालुवाटारबाटै ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका हुन् ।
उनको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेसमेत थापाले बताएका छन् । उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले दिउँसो तीन बजे बालुवाटारबाटै सम्बोधन गर्नुहुनेछ । जुन, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुन्छ ।’
यसअघि प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि आज बिहान आफू निकटका सांसदहरुसँग छलफल गरेका छन् ।
प्रकाशित मिति : सोमबार, पुष ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्