संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट, भोलि सुनुवाइ हुने

संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट, भोलि सुनुवाइ हुने

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ ।
संसद् विघटनको विरुद्धमा सोमबारसम्म ११ वटा रिट दर्ता भएकोमा मङ्गलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
रिटमाथि मङ्गलबार सुनुवाइ हुने उहाँको भनाइ छ । ‘भोलि रिटमाथि सुनुवाइ सुरु हुन्छ, त्यसपछि आदेशअनुसार प्रक्रिया अघि बढ्छ’, प्रवक्ता पोखरेलले भन्नुभयो ।
संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटको सङ्घारमा पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij