JanataToday.com

Advertisment

SKIP THIS

मणिप्रभा बचत तथा ॠण सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

मणिप्रभा बचत तथा ॠण सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

तिलोत्तमा-मणिप्रभा बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा–३ शंकरनगरको ११ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाको उदघाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष दिनेश फुल्लेलले कोभिड–१९ ले अन्य क्षेत्र जस्तैसहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै सहकारी संस्थालाई बलियो बनाउन पनि मर्जर आवश्यक भएको बताए । उनले मर्जरका लागि उपयुक्त संस्थाको खोजी भैरहेको भन्दै अव मर्जर कमिटीले यसबारे गृहकार्य गरी थप प्रक्रिया अगाडि बढाउने बताए । उनले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक मानबहादुर केसी (सुमन)ले संस्थाले ल्याएका बचत योजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र नयाँ बचतका योजनाहरु ल्याइने बताए साथै उनले सहकारीका माध्यमबाट व्यक्तिको जीवन स्तरमा सुधार गर्न र मुलुकको अर्थतन्त्रमा समेत योगदान गर्न सकिने भएकाले सहकारी समृद्धिको आधार भएकोे बताए।
कार्यक्रममा संस्थाका शेयर समिती सदस्य लक्ष्मण पाठक सल्लाहकार युवराज न्यौपाने, सचिव , लगायतले क्रृण र बचतलाई मात्र प्राथमिकतामा नराखी उत्पादन बढाउने दिशातर्फ प्राथमिकता दिन आग्रह गरेका थिए । साधारण सभाका अवसरमा संस्थाका ज्येष्ठ सदस्य उमाकान्त भण्डारी र भगवती बस्याललाई दोसल्ला ओढाइ प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
२०६७ सालमा स्थापना भएको सहकारीको कुल शेयर पुँजी एक करोड ३० लाख ६२ हजार, निक्षेप संकलन ४ करोड ५१ लाख ८९ हजार ६१६ र क्रृण लगानी ५ करोड ३६ लाख ४१ हजार ५०८ रहेको छ । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ । कार्यक्रम संस्थाका संचालक समिती सदस्य थानेश्वर बस्यालको स्वागत संस्थाका सचिव खगेश्वर भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : शनिबार, पुष ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij