काठमाडाैं – प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनलमा विभागीय टिम एपीएफलाई ६ रनले हराउँदै प्रदेश १ नयाँ च्याम्पियन बनेको हो ।
१ सय ६ रनको लक्ष पाएको एपीएफ २० ओभरमा सात विकेट गुमाउँदै ९९ रनमा समेटियो ।
एपीएफका ममता चौधरी र करुणा भण्डारीले छैटौं विकेटका लागि ६४ रनको साझेदारी गरेपनि टीमलाई जिताउन सकेनन् । ममताले ४३ र र करूणा भण्डारीले अविजित २६ रन बनाए ।
प्रदेश १ का लागि रूविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनाएको थियो ।
प्रदेश एकका लागि अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले अविजित २७ रन बनाए ।
एपीएफकी बलिङमा सिता रानामगरले तीन विकेट लिइन ।
प्रकाशित मिति : आइतबार, पुष १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्