रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु

रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु

 

रुपन्देही- रुपन्देहीको सियारी गाउँपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । कार्यक्रम गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ मा संचालन गरिने छ । गाउँपालिकामा रहेका अति विपन्न, गरिवीको रेखा भित्र परेका, सिमान्तकृत, दलित, एकल महिला, कोरोनाबाट प्रभावित तथा बैदेशिक रोजगारबाट फर्कीएका महिला पुरुषहरुलाई सो तालिम प्रदान गरिने गाउँपालिकाका उद्यम विकास सहजकर्ता यसोदा थापाले बताउनुभयो । यस कार्यक्रमले आय—आर्जनमा टेवा पुग्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो—“टोल विकास संस्थाले आफ्ना टोलका २÷२ जान महिला पुरुष छनोट गर्ने छन्, उनिहरुलाई तालिम दिईने छ, उनीहरु मध्य एक वडाबाट २० जना उद्यामी पालिकाबाट छनौट गरिने छ, पालिका भरी ८० जना हुन्छन् । यो वर्ष उनीहरुलाई गाउँपालिकाले उद्यमी बनाउने छ ।” यस्तै आईतबार एक कार्यक्रमका विच वडा नं. ६ बाट यस कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमको वडा नं. ६का वडा अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा सुरु गरिएको हो । कार्यक्रमको सुरुवात गर्दै वडा अध्यक्ष शेरबहादुर गुरुङले गाउँपालिकाले योजना वद्ध तरिकाले विकास निर्माणका साथै जिवनस्तर उठाउने खालका कार्य गरिरहेकोे बताउनु भयो । उहाँले भन्नुभयो —“हामी निर्वाचित भए पछि नयाँ बाटो बनाएका छौं, बाटो पिच गरेका छौं, तालिम रोजगार, शिक्षा सुधारका कार्यक्रम ल्याएका छौं, कृषि क्षेत्रका उत्पादनका लागि कार्य गरेका छौं, यसलाई जारि राख्छौं । ”

प्रकाशित मिति : आइतबार, पुष १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij