एन आइ सी ले सुपर चमत्कारी बचत खाता योजना अन्तर्गत कञ्चनका ६ जनालाई औषधी उपचार बिमा रकम भुक्तानी

एन आइ सी ले सुपर चमत्कारी बचत खाता योजना अन्तर्गत कञ्चनका ६ जनालाई औषधी उपचार बिमा रकम भुक्तानी

कञ्चन
एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत प्रदेश ५ अन्तर्गतका शाखाहरुबाट बीमा रकम दाबी भुक्तानी गर्दै आएको छ। बैंकको प्रदेश ५ अन्तर्गत रहेका विभिन्न शाखाहरुबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका ग्राहकहरुलाई औषधी उपचार वापत सो बीमा दावी रकम भुक्तानी गर्दै आएको हो।
यसै अन्तर्गत बैंकले औषधी उपचार बीमा दावी अन्तर्गत कञ्चन गाउपालिकामा रहेको बैंकको रुद्रपुर शाखाले ६ जनालाई करिब ६ लाख रुपैया भन्दा बढी बिमा रकम भुक्तानी गरेको छ। त्यस्तै बैंकले चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका आफ्ना ग्राहकहरुलाई घातक रोग र दुर्घटना बीमा अन्तर्गत बिमा रकम भुक्तानी गरिरहेको बैंकका प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले बताए। प्रदेश प्रमुख कार्कीले औषधी उपचार बापत विमा दावी रकम भुक्तानी गर्नुको मुख्य उद्धेश्य भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न र ग्राहकहरुको बैंक मार्फत कारोवार गर्न प्रोत्सहित गर्न प्रचलनमा ल्याइएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम गर्न महत्वपूर्ण टेवा पुग्ने बिश्वास ब्यक्त गरेका छन।
यसै अन्तर्गत बैंकले रुद्रपुर शाखाबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका कञ्चन गाउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई १ लाख ३५ हजार रुपैया बीमा रकम दावी भुक्तानी गरेको हो। कञ्चन गाउपालिकामा चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका ग्राहकलाई पहिलो पटक औषधी उपचार वापत सो विमा रकम उपलब्ध गराइएको शाखा प्रमुख हरि पौडेलले जानकारी दिएका छन। रुद्रपुर शाखामा ५ सय भन्दा बढी ग्राहकले सुपर चमत्कारी बचत खाता योजना अन्तर्गतका ग्राहक रहेको शाखा प्रमुख पौडेलले जानकारी दिए ।
कार्यक्रममा बीमा बापतको रकम बुझ्दै सुपर चमत्कारी बचत खाता योजनाका ग्राहक गोकर्ण बहादुरक्षेत्रीले शुरुमा चमत्कारी बचत खाताको बारेमा बैंकले कुरा गर्दा खाता खोल्ने बहानामा ग्राहकहरुबाट रकम असुल्ने र बैंकको पुंजी बढाउने योजना भएको ठानेको थिए तर बुझ्दै जादा यस्तो चमत्कारिक खाता त्यो पनि डायमण्ड खाता खोल्दा उल्टै ग्राहकलाई नै फाइदा हुने बुझेको बताउदै आज आफु बिरामी भई उपचार गर्दा भएको केही रकम भएपनि बिमा वापत रकम उपलब्ध गराउदा बैंक प्रति अझ बिश्वास बढेको बताएका छन।
यसैगरी एन आई सी एशिया बैंकको बिभिन्न शाखाहरु मध्ये कञ्चनमा रहेको रुद्रपुर शाखा उत्कृष्ट पर्फमर एन आई सी एशिया रुद्रपुर शाखाको रुपमा सम्मानति भएको छ। यस बैंकको रुद्रपुर शाखामा करिब १० हजार ५ सय भन्दा बढी ग्राहक रहेको शाखाले बचत,कर्जा लगानी,कर्जा असुली लगायतमा उत्कृष्ट कारोवार गरे वापत उत्कृष्ट पर्फमर एन आई सी। एसिया रुद्रपुर शाखाबाट सम्मानित भएको हो ।उक्त शाखामा दैनिक १५० भन्दा बढी ग्राहकले नियमित रुपमा बचत गर्दै आइरहेको समेत शाखा प्रमुख पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, पुष २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij