रुपन्देहीको रोहिणीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

रुपन्देहीको रोहिणीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

बुटवल ।
रुपन्देहीको रोहिणीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी–३ रामनगरस्थित भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जीपले विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकल पछाडि सवार स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र लु २१ प ७८११ नं।को मोटरसाईकल चालक देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको बताए । उक्त दुर्घटनामा घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय बिमल गैरे र देवदह कदमपुरकी २५ बर्षीय रमिता चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij