JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमामा प्रथम नगर स्तरीय मावि भलिबल प्रतियोगिता

तिलोत्तमामा प्रथम नगर स्तरीय मावि भलिबल प्रतियोगिता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तामामा शनिवारदेखि प्रथम तिलोत्तमा नगरस्तरीय मावि स्तरका विद्यालयहरु बीच छात्र/छात्रा भलिबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको तिलोत्तमा नगरकी उपमेयर जागेश्वरी चोधरीले बेलुन उडाएर उद्घाटन गरिन् । सो अवसरमा बोल्दै चौधरीले स्वास्थ्यका लागि मात्र नभई खेललाई आर्थिक रुपमा समेत जोड्नु पर्ने बताइन । तिलोत्तमाले खेलको बिकास तथा खेलाडीहरुको उत्पादन गरि आर्थिक समृद्धिसँग जोड्नका लागि बजेटको व्यवस्था गरेको बताइन ।

नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुल तिलोत्तमा-८ को संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेताले छात्र/ छात्रा दुबैले समान ३० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप पिजेताले २० हजार नगर पुरस्कार सहित प्रमाणपत्र तथा तृतीय हुने विद्यालयले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
शनिबारको उद्घाटन खेलमा छात्रतर्फ पशुपति मावि र लिटिल प्यारडाइस बीच प्रतिस्पर्धा भएको छ भने छात्रातर्फ
लिटिल प्याराडाइस र शिवपुर मावि बीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति : शनिबार, पुष २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij