JanataToday.com

Advertisment

SKIP THIS

राजनीतिक खिचातानीका कारण मुलुकको बिकासको काममा अन्यौलता देखिएको छ:मन्त्री गिरी

राजनीतिक खिचातानीका कारण मुलुकको बिकासको काममा अन्यौलता देखिएको छ:मन्त्री गिरी

भैरहवा
लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले राजनीतिक खिचातानीका कारण मुलुकको बिकास निर्माण तथा समृद्धिको काममा अन्यौलता देखिएको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री गिरीले राजनीतिक खिचातानीकै कारण सरकारको कामको गतिमा अवरोध सिर्जना भएको समेत बताउनु भयो ।
उहाँले मुलुकको नीति निर्माणमा समेत साथ र सहयोगको लागि उद्योगी व्यबसायीलाई आग्रह गर्दै मुलुकको लागि के गर्दा राम्रो हुन्छ भन्ने कुराको समेत अगुवाई गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको औद्योगिक बिकास बिना समृद्धि सम्भव नभएको दोहो¥याउँदै औद्योगिक बिकासको लागि लगानी गर्न समेत आग्रह गर्नुभयो । तर उद्योगी व्यबसायी लगानीको लागि औद्योगिक वातावरण नभएको बताएका थिए साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यबसायीले मुलुकमा लगानीको वातावरण झन भन्दा झन् विग्रिदै गएकोले लगानी सुनिश्चितताको लागि नीतिगत रुपमै सुधार गर्नुपर्ने भनाई राखेका थिए । त्यसै अवसरमा नीजि क्षेत्रको प्रवद्र्धनमा कलम चलाएको भन्दै पत्रकार दामोदर खनाललाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सासधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसको लागि अध्यक्ष पदमा बुटवल उद्योग बाणिज्य संघको तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग बाणिज्य संघको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ । बाँकी पदमा भने निर्बिरोध भईसकेको छ ।

प्रकाशित मिति : शनिबार, पुष २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij