रोटरी मेडिकोफ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान

रोटरी मेडिकोफ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान

बुटवल-रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ । थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले बताए । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट सुभारम्भ गरिएको छ।

अभियानको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट पारे । जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ । युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोगहरु थुककैं कारण फैलिने गरेका छन् ।
एक सय वर्ष अघि युरोपमा Spanish Fluको महामारी फैलिँदा गाडी र टोल टोलमा “Do Not Spit, Spit Spreads Deaths अर्थात् जथाभाबी नथुकौ । थुकले मृत्यु फैलाउछ ।” भन्ने सूचना टाँस गरिएको थियो । त्यसयता यूरोपतिर कसैले पनि बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा थुक्दैनन् । तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ ।

त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनीबानी र व्यवहारसँग जोडिएको छ । नेपाली जनमानसमा समेत यो विषयमा सचेतना बढाउन अभियान सुरु गर्नुपरेको डा. पोखरेलले बताए । उनका अनुसार यो अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर सञ्चालन गरिनेछ । ‘अब आजैबाट हामी सबैले जथाभाबी नथुक्ने प्रण गरौं ।’ उनी भन्छन्, ‘यसो हुँदा मृत्यु फैलिनबाट रोकिन्छ ।’ कोरोना रोग समेत थुकबाटैं सर्ने भएकोले अहिलेको अवस्थामा यो अभियान सान्दर्भिक भएको उनको भनाइ छ।

कार्यक्रममा रोटरीका एजी राजकुमार गुप्ता, क्लव सचिव इन्जु ज्ञवाली, अप्सरा नेपाललगायतले अभियानको महत्वको बारेमा प्रकाश पारेका थिए । रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालमा चिकित्सक र उनीहरुका श्रीमान/श्रीमतीहरु आवद्ध छन् । ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक छन् ।

प्रकाशित मिति : शनिबार, पुष २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij