पत्रकार पौडल सम्मानित

पत्रकार पौडल सम्मानित

रुपन्देही

रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा क्रिकेट विकास समितीको ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट दीपक भुर्तेल अध्यक्षमा चयन भएका छन् । शनिवार सम्पन्न भएको अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन भएको हो । समितीको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह सचिवमा मिलन भण्डारी, सह कोषध्यक्षमा रोशन शर्मा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराज अधिकारी चयन भएको निर्वाचन समितीका संयोजक वावुराम गैरेले बताए । यसैबीच, समितीको साधारणसभाका अवसरमा कान्तिपुर दैनिककी रुपन्देही संवाददाता सन्जु पौडेल खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई शनिवार तिलोत्तमा क्रिकेट विकास समितिले सम्मान गरेको हो । आफ्नो पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट क्रिकेट खेलको विकासका लागि पत्रकारिता तथा संचारको माध्यमबाट योगदान पुयार्एको भन्दै पौडेललाई नगद राशिसहित दोसल्ला ओडाएर नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले सम्मान गरेका हुन् । पौडेल ले विगत ११ वर्षदेखि सक्रिय पत्रकारिता गरिरहेकी छन् । पौडेल पत्रकार महासंघ , रुपन्देहीकी कार्यसमिति सदस्य समेत हुन् । साथै समितीले सो अवसरमा यसअघिका कार्यसमिती तथा सल्लाहकारहरुलाई समेत सम्मान गरेको छ ।

प्रकाशित मिति : शनिबार, पुष २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij