काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो।
एसएसपीमा बढुवा हुनेमा एसपी कृष्णकुमार महत, गोबिन्दकुमार साह, सिरहामा कार्यरत उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डे, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईँटेल र मोहनप्रसाद पोख्रेल छन् ।
लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन्। ब्याचिबाट छुटेका एसपी गोबिन्दकुमार साह दास्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्।
बढुवा सूची :

प्रकाशित मिति : बुधबार, पुष २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्