बुटवल-रुपन्देही हार्डवयर समिति बुटवलका सभापति स्वस्दिनेश घिमिरेको स्मृतिमा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा १२२ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन।नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ न्युरो सर्जन डा।के आई सिंह के।सी।प्रमुख अथित्यतामा सम्पन्न भएको हो ।नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा र रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहिको संयुक्त आयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन नेस्वरस महासचिव उदयराज भट्टराईले गर्नुभएको थियो।कार्यक्रम संयोजक अर्जुन पौडेलले स्वागत मन्तव्य बाट सुरु कार्यक्रममा रोटरी क्लव सेन्ट्रल रुपन्देहीका अध्यक्ष रो।सुरज खरेलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।साईबाबा सप्लायर्स,ब्क्ष् पौडेल ट्रेडर्स र भुसाल ईलेक्ट्रिक एण्ड सप्लयर्सले कार्यक्रम प्रायोजन गर्नुभएको थियो।कार्यक्रममा स्वस्दिनेश घिमिरेको श्रीमतीको समेत उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक अर्जुन पौडेलको विशेष सक्रियतामा एकैदिन यतिधेरै रक्तदाता सहभागी भै रक्तदान गरेका हुन।सबै रक्तदाताहरुलाई विशेष धन्यवाद।कार्यक्रम प्रायोजन गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।कार्यक्रम रक्तसञ्चार सेवा केन्द्रको बुटवलको प्राविधिक सहयोगमा बुटवल कालिका चौकमा सम्पन्न भएको थियो।
प्रकाशित मिति : आइतबार, माघ ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्